नेपाल ईन्स्योरेन्सले सुरु गर्यो कृषि तथा पशुपन्छी अभिकर्ता तालिम
काठमाडौं । नेपाल ईन्स्योरेन्स कम्पनी लिमिटेडद्धारा आयोजित कृषि तथा पशुपन्छी बीमा अभिकर्ता सम्बन्धि ३ कार्यक्रम कन्चनपुरको महेन्द्रनगर स्थित होटल न्यू चेतनमा यही माघ १५ गतेदेखि शुरु भएको छ ।
कार्यक्रममा दार्चुला, बैतडी, कन्चनपुर र डडेलधुरा जिल्लाका सहकारी संस्थाहरु लगायत स्थानिय कृषक, नगरपालिका कृषि प्राविधिक, जिल्ला पशु सेवा कार्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको कम्पनिले जनाएको छ ।

। नेपाल कृषि प्रधान देश भएकाले नेपालमा कृषि क्षेत्रलाई विस्तार एवम् प्रवद्र्धन गर्ने, कृषकहरुको काबु भन्दा बाहिरको परिस्थितीबाट हुन सक्ने सम्भावित जोखिम न्यूनीकरण गरी कृषकहरुलाई व्यवसायिक खेती तर्फ आकर्षित गर्न सहयोग गर्ने, कृषि क्षेत्रमा नीजि तथा सहकारी क्षेत्रको लगानी आकर्षित गर्ने, कृषि क्षेत्रमा लगानीलाई प्रोत्साहन गर्ने, कृषि उत्पादनलाई वृद्धि गरी आयातलाई प्रतिस्थापन गर्ने कार्यमा कृषि तथा पशुपन्छी बीमाले महत्वपुर्ण भुमिका खेल्ने हुँदा यो अभिकर्ता तालिमबाट सुदुर पश्चिम क्षेत्रका कृषकहरु लाभान्वित हनेछन ।

कार्यक्रममा नेपाल ईन्स्योरेन्स कम्पनी लिमिटेडका मुख्य प्रबन्धक चन्द्रनाथ उप्रेतीले स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रमको सञ्चालन गर्नु भएको थियो । उक्त अभिकर्ता तालिममा शाखा कार्यालय महेन्द्रनगरका प्रमुख राजेन्द्र बिष्ट र धनगडी शाखाका प्रमुख सागर बमले बिषयबस्तु प्रति केन्द्रित भई बीमको परिचय, महत्व र जोखिम र जोखिम व्यवस्थापन लगायत कृषि तथा पशुपन्छी बीमाको बारेमा प्रस्तुतीकरण गर्नु भएको थियो । उक्त कार्यक्रम २०७७ साल माघ १७ गते सम्म संचालन हुनेछ ।
















