एनएमबीको बल्खु कृषि तथा तरकारी र कुलेश्वरको फलफूल बजारमा नबिलको क्यूआर सेवा शुरु « Arthapath.com
१६ माघ २०७७, शुक्रबार

एनएमबीको बल्खु कृषि तथा तरकारी र कुलेश्वरको फलफूल बजारमा नबिलको क्यूआर सेवा शुरु



काठमाडौं । काठमाडौंको बल्खु कृषि तथा तरकारी बजारमा एनएमबी बैंकको क्यूआर कोड भुक्तानी सेवा सुरु गरिएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक धार्नी प्याज किनेर क्यूआर कोडमार्फत भुक्तानी गरी एनएमबी बैंकको क्यूआर भुक्तानी सेवा सुरु गरेका हुन् । अब तरकारी बजारमा जाने उपभोक्ताले आफ्नो मोबाइल बैंकिङ एप्पिकेसन वा मोबाइल वालेटमार्फत सजिलै खरिद गरेको तरकारी तथा फलफूलको रकम भुक्तान गर्न सक्नेछन् ।

क्यूआर कोड भुक्तानी सेवा एक नवीन भुक्तानी प्रणाली रहेकाले महामारीको समयमा सुरक्षित रहन सबैले क्यूआर कोडबाट नै भुक्तनी गर्दा संक्रमण नहुने गभर्नर अधिकारीले बताएका छन् । कोभिडको महामारीको कारणले डिजिटल बैंकिङ आवश्यक रहेको उनको भनाइ छ । राज्यका सबै भूगोलमा वित्तीय संस्थाका वित्तीय पहुँच, वित्तीय समावेशीकरण, पारदर्शिता र आर्थिक समृद्धि र सबै प्रशासनिक कार्यालयमा शुसान कायम गर्न पनि क्यूआर कोड आवश्यक रहेको गभर्नर अधिकारीले बताए ।

त्यस्तै, कुलेश्वर फलफूल बजारमा नबिल बैंकको क्यूआर कोड भुक्तानी सेवा सुरु गरिएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले स्याउ किनेर गरी क्यूआर कोडमार्फत भुक्तानी गरी नबिल बैंकको क्यूआर भुक्तानी सेवा सुरु गरेका हुन् । अब फलफूल बजारमा जाने उपभोक्ताले आफ्नो मोबाइल बैंकिङ एप्पिकेसन वा मोबाइल वालेटमार्फत सजिलै खरिद गरेको फलफूल तथा तरकारीको रकम भुक्तान गर्न सक्नेछन् ।

Image may contain: 10 people, people standing, outdoor and closeup
गभर्नरले नबिल बैंक को QR Code धारण गरी साइकलमा फलफूल बेच्दै गरेको फलफूल ब्यापारीसंग फलफूल खरिद गरेर शुरुवात गर्नु भएको छ।
सेल्फि लिदै गभर्नर अनी साथमा नबिल बैंक का सञ्चालक समिति अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत।

नगद तथा डेबिट र क्रेडिट कार्डको विकल्पमा क्यूआर कोड भुक्तानी छिटो र झन्झटमुक्त रहेको गभर्नर अधिकारीले बताए । छिटो र कारोबारको कुनै शुल्क नलाग्ने भएकाले पछिल्लो पटक उपभोक्ताहरुले क्ूआर कोडमार्फत नै कारोबार गर्न उनले आग्रह गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्