नेपाल इन्भेष्टमेन्ट बैंकको ‘८.५ प्रतिशत, ७ वर्ष इएनआइबीएल डिबेन्चर २०८४’ « Arthapath.com
१६ माघ २०७७, शुक्रबार

नेपाल इन्भेष्टमेन्ट बैंकको ‘८.५ प्रतिशत, ७ वर्ष इएनआइबीएल डिबेन्चर २०८४’



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले माघ १६ गतेबाट ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुल्ला गरेको छ । जसमध्ये बैंकले सर्वसाधारणका लागि १६ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई २४ लाख कित्ता बिक्री गर्नेछ ।

बैंकले ७ वर्ष अवधिको लागि ‘८.५ प्रतिशत, ७ वर्ष नेपाल इन्भेष्टमेन्ट बैंक डिबेन्चर २०८४’ नाम गरेको ऋणपत्र निष्कासन गर्न असोज ५ गते सोमबार निवेदन पेश गरेकोमा बोर्डले बैंकलाई मंसिर १८ गते, बिहीबार ऋणपत्र निष्कासन गर्न अनुमति दिएको थियो । बैंकको उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ ।

लगानीकर्ताले यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
माघ १६ गते शुक्रबारबाट निष्कासन गरिएको उक्त ऋणपत्रमा छिटोमा माघ २० गतेसम्म र ढिलोमा माघ ३० गतेसम्म आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्