सांग्रिला बैंकको १६ करोड ४८ लाख रुपैयाँ नाफा, कर्जा लगानी २७ अर्ब २४ करोड « Arthapath.com
१६ माघ २०७७, शुक्रबार

सांग्रिला बैंकको १६ करोड ४८ लाख रुपैयाँ नाफा, कर्जा लगानी २७ अर्ब २४ करोड



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १६ करोड ४८ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको यस अवधिमा १९ करोड १३ लाख ६७ हजार रुपैयाँ आर्जन गरेको थियो । यो नाफा गत वर्षको यस अवधिको तुलनामा २ करोड ६५ लाख रुपैयाँले कम नाफा अहार्जन गरेको हो ।

गत वर्षको यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ५४ करोड ५९ लाख १६ हजार रुपैयाँ रहेको थियो तर चालु आर्थिक बर्षको यस अवधिमा ३७ लाख ९३ हजार रुपैयाँ घटेर ५४ करोड २१ लाख रुपैयाँ रहेको छ । यस्तै, गत वर्षको यस अवधिमा २७ करोड ५८ लाख रुपैयाँ सञ्चालन नाफा रहेकोमा चालु आर्थिक बर्षको यस अवधिमा ५ करोड ३४ लाख रुपैयाँ घटेर २२ करोड २४ लाख रुपैयाँमा सिमित रहेको छ ।

बैंकको वितरणयोग्य नाफा ८ करोड ४५ लाख रुपैयाँ, चुक्ता पुँजी २ अर्ब ६० करोड रुपैयाँ र जगेडा कोषमा ६५ करोड ८७ लाख रुपैयाँ रहेको छ । बैंकले पुस मसान्तसम्म ३४ अर्ब ५५ करोड १२ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने, २७ अर्ब २४ करोड ३३ लाख ३८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको प्रतिशेयर आम्दानी २ रुपैयाँ ०३ पैसाले घटेर १२ रुपैयाँ ६५ पैसामा सिमित रहेको छ ।


प्रतिक्रिया दिनुहोस्