एनसेलको विन्टर अफर २५ रुपैयाँमा १० मिटेन भारतमा कल गर्न मिल्ने « Arthapath.com
२० माघ २०७७, मंगलवार

एनसेलको विन्टर अफर २५ रुपैयाँमा १० मिटेन भारतमा कल गर्न मिल्ने



काठमाडौं । एनसेलले गा्रहकहरुलाई नयाँ अफर ल्याएको छ । अब एनसेलका प्रिपेड ग्राहकले २५ रुपैयाँमा १० मिनेट भारतमा कल गर्न मिल्ने सुविधा ल्याएको छ ।

यो एनसेल आजियाटा लिमिटेडले आफ्नो विन्टर अफरअन्तर्गत लोकल दरमा नै भारत कल गर्न पाइने गरी दैनिक र ३ दिने सहुलियत प्याक गरी दुईवटा भ्वाइस प्याकहरु ल्याएको कम्पनिले जनाएको छ ।

दैनिक भ्वाइस प्याक अन्तर्गत ग्राहकले कर सहित मात्र रु २५ मा भारतमा रहेका आफ्ना परिवारका सदस्य, साथिभाइ वा व्यापार व्यावसायका समकक्षीसँग कुनै पनि भारतीय नम्बरमा १० मिनेट कल गर्न सक्छन् । दैनिक प्याक सुचारु भएपछि २४ घण्टासम्म यसको समयसिमा रहन्छ ।

त्यस्तैगरी विन्टर अफर अन्तर्गत प्रिपेड ग्राहकका लागि ३ दिने सहुलियत दरको भ्वाइस प्याक पनि रहेको छ ।


प्रतिक्रिया दिनुहोस्