एनआईसी एशिया बैंकका ग्राहकहरूले डेबिट कार्ड अनलाइनमार्फत ब्लक गर्न सक्ने « Arthapath.com
२९ माघ २०७७, बिहीबार

एनआईसी एशिया बैंकका ग्राहकहरूले डेबिट कार्ड अनलाइनमार्फत ब्लक गर्न सक्ने



कठमाडौं । एनआईसी एशिया बैंकले अनलाइनबाटै डेबिट कार्ड ब्लक गर्न सकिने सहज सुविधाको शुभारम्भ गरेको छ । समयअनुरुप परिष्कृत सेवा तथा सुविधाहरू ल्याउने क्रमलाई निरन्तरता दिँदै बैंकले ग्राहकवर्गलाई जुनसुकै स्थानबाट र जुनसुकै समयमा आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी डेबिट कार्ड हराए वा बिग्रिए तथा आपतकालिन अवस्थामा त्यसलाई ब्लक गर्न सक्ने सेवा ग्राहक महानुभावहरू सामुन्ने ल्याएको छ ।

ग्राहकहरूलाई हरेक कामका लागि बैंकको शाखा पुग्न नपरोस् भन्ने हेतुले बैंकले आफ्नो वेबसाइमा रहेको iServe डिजिटल सेवामार्फत डेबिट कार्ड ब्लक गर्न सकिने व्यवस्था मिलाएको छ । उक्त iServe भित्र Card Services मा क्लिक गरी सेवाग्राहीहरूले आफ्नो यस बैंकमा रहेको खाता सम्बन्धी विवरण उल्लेख गरी Verify गरेपश्चात् तत्काल स्वचालित रुपमा कार्ड ब्लक हुने व्यवस्था गरिएको छ । ग्राहक महानुभावको आवेदन अनुसारको डेबिट कार्ड ब्लक भएपश्चात् बैंकले ग्राहक महानुभावहरूलाई एसएमएस SMS मार्फत खबर गर्ने व्यवस्था समेत छ । यस सुविधाले ग्राहक महानुभावहरूलाई सहज रुपमै सेवा लिने वातावरण बनाउन सहज हुने बैंकले विश्वास लिएको छ ।

ग्राहक महानुभावहरूलाई विभिन्न अनलाईन सुविधाहरू एकै स्थानबाट प्रदान गर्दै आएको iServe डिजिटल सेवा https://iserve.nicasiabank.com_लाई बैंकले हाल अझ परिष्कृत रुपमा विकास गरेको छ । डिजिटल बैंकिङ्गको सुनौलो अनुभवका निमित्त बैंकले हाल आएर iServe लाई अझ बढी ग्राहकमैत्री एवं सरल बनाएर ग्राहकहरूसामु ल्याएको छ ।

बैंकको देशभर रहेका ३३९ शाखा कार्यालयहरू, ४७१ एटिएम, ८८ वटा विस्तारित काउण्टर एवं ७८ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो ।


प्रतिक्रिया दिनुहोस्