नागरिक लगानी कोषको ३२ करोड २५ लाख रुपैयाँ खुद नाफा, १ खर्ब ६३ अर्ब रुपैयाँ लगानी गर्यो « Arthapath.com
३० माघ २०७७, शुक्रबार

नागरिक लगानी कोषको ३२ करोड २५ लाख रुपैयाँ खुद नाफा, १ खर्ब ६३ अर्ब रुपैयाँ लगानी गर्यो



काठमाडौं । नागरिक लगानी कोषले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३२ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २९ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको यस अवधिको तुलनामा २ करोड ५३ लाख रुपैयाँ अर्थात ८.५४ प्रतिशत बढी नाफा आर्जन गरेको हो ।

यस अवधिमा कम्पनीको कुल आम्दानी ५१ करोड १२ लाख रुपैयाँबाट बढेर ५६ करोड ७८ लाख रुपैयाँ पुगेको छ भने कुल खर्च १२ करोड ९९ लाख रुपैयाँबाट बढेर १३ करोड ६६ लाख रुपैयाँ पुगेको छ ।

त्यसैगरी, कम्पनीले १ खर्ब ६३ अर्ब २१ करोड रुपैयाँ लगानी गरेको छ । जसमध्ये १ अर्ब ५ करोड रुपैयाँ नेपाल सरकारको ऋणपत्रमा लगानी गरेको छ भने १ खर्ब १ अर्ब ६६ करोड रुपैयाँ मुद्दति निक्षेपमा लगानी गरेको छ । त्यसैगरी, कम्पनीको बैंक मौज्दात ७२ करोड रुपैयाँ रहेको छ ।

कम्पनीको शेयरपूँजी १ अर्ब ६४ करोड ६ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी गत आर्थिक वर्षको यस अवधिमा ३८ रुपैयाँ रहेको थियो भने चालु आर्थिक वर्षको यस अवधिमा घटेर ३६ रुपैयाँमा सिमित भएको छ ।


प्रतिक्रिया दिनुहोस्