रिचार्जरको भ्यालेन्टाईन अफर ५ हजार ९९९ मा हेलिराइड « Arthapath.com
२ फाल्गुन २०७७, आईतवार

रिचार्जरको भ्यालेन्टाईन अफर ५ हजार ९९९ मा हेलिराइड



काठमाडौं । नेपाली ईकमर्स मोबाइल एप रिचार्जरले भ्यालेन्टाइन्स डेको अवसर पारेर पोखरा हेलिराइड अफर सञ्चालनमा ल्याएको छ । रिचार्जरबाट पोखरा साइट सीन बुकिङ् गर्नेले ५ हजार ९९९ रुपैंयामा पोखरासम्मको हेलि राइड पाउने अफर ल्याएको हो । अफरमा सहभागि हुनका लागि शुक्रबारदेखि रिचार्जरको मोबाइल एपमा बुकिङ खुल्ला गरिएको छ ।

यसका साथै रिचार्जरले एपका नयाँ प्रयोगकर्तालाई २ हजार क्यासप्वाइन्ट उपलब्ध गराउने भएको छ । यसका लागि गूगल प्ले तथा एप्पलको एपस्टोरबाट रिचार्जर डाउनलोड गरी खाता खोल्नु पर्ने हुन्छ । यसरी प्राप्त हुने क्यास प्वाइन्टलाई रिचार्जरबाट वस्तु तथा सेवा खरिद गर्दा छुटका रुपमा रिडिम गर्न सकिन्छ ।

साथै भ्यालेन्टान्स डेको अवसरमा रिचार्जरबाट गिफ्टहाम्पर प्याकेज, केक, रोज, पर्फ्युम, मोबाइल, ल्यापटप लगायतका ग्याजेट्स खरिद गर्दा आकर्षक छुट समेत प्रदान गरिने रिचार्जरले जनाएको छ । कमजोर आर्थिक अवस्था भएकाहरुले रिचार्जरबाट शुन्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा सामानहरु खरिद गर्न सक्छन् । किस्ताबन्दीमा सामान खरिद गर्नेहरुले पनि भ्यालेन्टान अफरका छुटहरु पाउने छन् । सबै अफरहरु भ्यालेन्टान्स डेको दिनसम्म मात्र लागू हुनेछ ।

विभिन्न किसिमका सेवाको बिल समेत भुक्तानी गर्न सकिने रिचार्जरबाट मोबाइल रिचार्ज गर्दा शतप्रतिशत क्यास प्वाइन्ट पाउन सकिन्छ भने अन्य सेवाहरुको महसुल भुक्तानीमा पनि २० प्रतिशतसम्म क्यास प्वाइन्ट पाइन्छ ।


प्रतिक्रिया दिनुहोस्