प्रभु क्यापिटलले गर्र्यो शेयर बजार सम्बन्धी १ दिने आधारभूत तालिम « Arthapath.com
२ फाल्गुन २०७७, आईतवार

प्रभु क्यापिटलले गर्र्यो शेयर बजार सम्बन्धी १ दिने आधारभूत तालिम



काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले २०७७ फाल्गुण १ गते वीरगञ्ज स्थित नेप्लिज योंग इन्टरप्रेनर्स फोरम (एनवाईइएफ), वीरगञ्ज च्याप्टरको सहकार्यमावीरगञ्जमा शेयर बजार सम्बन्धी १ दिने आधारभूत तालिम कार्यक्रम सञ्चालन गरेको छ ।

उद्योग वाणिज्य संघ वीरगञ्जको सभाहलमा आयोजित कार्यक्रममा करिब २५० जनाको सहभागीता रहेको थियो । कार्यक्रममा एनवाइएफका संस्थापक अध्यक्ष अरबिन्द अमात्यले स्वागतमन्तब्य राखेका थिए ।

टेमानीले कार्यक्रमको उद्घाटन गर्नुहुँदै सहभागीहरुलाई शेयर बजारको महत्व र यसमा लगानी गर्दा हुने फाइदाहरुको बारेमा जानकारी सहितको मन्तव्य राखेका थिए ।

कार्यक्रममा प्रभु क्यापिटलका प्रबन्ध सञ्चालक दिनेश थकालीले कार्यक्रमको बारेमा प्रकाश पार्दै क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत आगामी दिनमा अझै व्यापक रुपमा यस्ता कार्यक्रमहरुलाई देशव्यापी रुपमा विस्तार गरिने बताए


प्रतिक्रिया दिनुहोस्