विहिबार थप ९६ जनामा कोरोना,३ जनाको ज्यान गयो « Arthapath.com
६ फाल्गुन २०७७, बिहीबार

विहिबार थप ९६ जनामा कोरोना,३ जनाको ज्यान गयो



काठमाडौं । विहिबार पछिल्लो २४ घण्टामा देशभर थप ९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संगै हालसम्म कोरोना संक्रमण हुनेको संख्या २ लाख ७३ हजार १६६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ लाख ६९ हजार ५०५ जना निको भएर घर फकेर्का छन । त्यस्तै गरी पछिल्लो २४ घण्टामा १११ संक्रमित निको भएका मन्त्रालयले जनाएको छ ।

आज कोरोना संक्रमणबाट ३ जनाको ज्यान गएको छ । यो संगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ५८ पुगेको मन्त्रालयले जनाएको छ ।


देशभर अहिले सक्रिय संक्रमितको संख्या १ हजार ६०३ जना रहेको छ ।


प्रतिक्रिया दिनुहोस्