सानिमा बैंकको डिबेन्चर सूचीकृत « Arthapath.com
९ फाल्गुन २०७७, आईतवार

सानिमा बैंकको डिबेन्चर सूचीकृत



काठमाडौं । सानिमा बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । गएको पुस २१ गते बाँडफाँड गरिएको ऋणपत्र आज आइतबार दोस्रो बजारमा कारोबार गर्न मिल्नेगरी सूचीकृत भएको बैंकले जनाएको छ ।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक, निष्काशनकर्ता कम्पनीको प्रतिनिधि तथा सार्वसाधारणहरुको उपस्थितिमा बिक्री प्रबन्धक एनआईसी एशियाले पुस २१ गते मंगलबार डिबेन्चर बाँडफाँड गरी बैंक सञ्चालक समितिबाट २२ गते उक्त ऋणपत्र बाँडफाँड अनुमोदन भएको थियो ।

बैंकले पुस १ गतेदेखि पुस १५ गतेसम्म एक हजार रुपैयाँ अंकित दरका ४ अर्ब बराबरको ४० लाख इकाई ऋणपत्र बिक्रीमा ल्याएको छ । जसमध्ये २४ लाख इकाई ऋणपत्र व्यक्तिगत तवरबाट र बाँकी १६ लाख इकाई सर्वसाधारणका लागि खुला गरिएको थियो । सर्वसाधारणमा निष्काशितमध्ये ५ प्रतिशत बराबरको ८० हजार इकाई सामूहिक लगानी कोषलाई छुट्याएर १५ लाख २० हजार इकाईका लागि सर्वसाधारणबाट आवेदन मागिएको थियो ।


प्रतिक्रिया दिनुहोस्