एसबिआई बैंकद्धारा मानवसेवा आश्रमलाई सहयोग « Arthapath.com
१० फाल्गुन २०७७, सोमबार

एसबिआई बैंकद्धारा मानवसेवा आश्रमलाई सहयोग



काठमाडौं । नेपाल एसबिआई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरास्थित मानवसेवा आश्रममा आवश्यक सोलार वाट र हिटर, १० ओटा बंक बेट, मास्क तथा स्यानिटाइजर प्रदान गरेको छ ।

सन् २०१८ मा संचालन भएको उक्त सामाजिक संस्थाले सडकमा बस्ने शारिरीक तथा मानसिक रुपमा असक्त व्यक्तिहरुको उद्धार तथा पुनस्र्थापनामा सहयोग गर्दै आएको छ । हेटौडा, मकवानपुरमा प्रधान कार्यालय रहेको उक्त आश्रमले ७ प्रदेशका १७ केन्द्रहरुबाट आफ्नो सेवा प्रदान गदै आएको छ ।

उक्त संस्थामा आयोजना गरिएको एक कार्यक्रममा भेन्कट नागेश्वर चलासनी, उप प्रबन्ध निर्देशक, इन्टरनेशनल बैंकिङ ग्रुप, भारतीय स्टेट बैंक, सोमा संकरा प्रसाद, उप प्रबन्ध निर्देशक तथा समुह अनूपालना अधिकृत, भारतीय स्टेट बैंक, बि.आर.एस. सत्यनारायण, प्रमुख महाप्रबन्धक, इन्टरनेशनल बैंकिङ ग्रुप, भारतीय स्टेट बैंक तथा अध्यक्ष, नेपाल एसबिआई बैंक, विरन्ची नारायण रथ, उप महाप्रबन्धक, इन्टरनेशनल बैंकिङ ग्रुप, भारतीय स्टेट बैंक, नेपाल एसबिआई बैंकका संचालकहरु बाल कृष्ण श्रेष्ठ, अर्जुन कुमार गौतम, विमला सवेदी प्रबन्ध निर्देशक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कूमार दे तथा बैंकका अन्य विशिष्ट अधिकारीहरुको उपस्थितीमा आश्रमका गण्डकी प्रदेश प्रमुख होमनाथ तिमिल्सिना तथा पोखरा जिल्ला संयोजक राजन सापकोटा लाई उक्त सामानहरु हस्तान्तरण गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्