चितवनमा बिना अनुमति औषधि ओसारपसार गर्ने ३ जना पक्राउ « Arthapath.com
१० फाल्गुन २०७७, सोमबार

चितवनमा बिना अनुमति औषधि ओसारपसार गर्ने ३ जना पक्राउ



काठमाडौं । जिल्ला प्रहरी कार्यालय चितवनले बिना अनुमति औषधि ओसारपोसार गर्ने तीन जनालाई पक्राउ गरेको छ ।


पक्राउ पर्नेमा भरतपुर महानगरपालिका ३ का ३० वर्षीय दिनेश तामाङ, २२ वर्षीय प्रदीप विश्वकर्मा र वडा नम्बर २ का १८ वर्षीय समीर तामाङ रहेको प्रहरी स्रोतले जनाएको छ ।

प्रहरीले भरतपुर ३ मा कोठा गरी बस्ने दिनेश तामाङको कोठाबाट लागुऔषध बिक्री वितरण गरेको सूचनाको आधारमा उनीहरुलाई शुक्रबार पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।


यस्तै उनीहरुको साथबाट एक लाख २९ हजार ८२२ बरामद गरिएको र उनको घरमा चेकजाँच गर्ने क्रममा ट्रामा आठ हजार ७८० ट्याब्लेट, स्टागन ८०० ट्याब्लेट र नगद रु ११ हजार बरामद गरिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्