शाओमी नेपालको नयाँ आधिकारिक सर्भिस सेन्टर शुरु « Arthapath.com
१० फाल्गुन २०७७, सोमबार

शाओमी नेपालको नयाँ आधिकारिक सर्भिस सेन्टर शुरु



काठमाडौ । (शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले आज नेपालमा आफ्नो नयाँ आधिकारिक सर्भिस सेन्टरको घोषणा गरेको छ । उक्त सर्भिस सेन्टर काठमाडौंको आईप्लेक्स मलमा संचालनमा ल्याइएको हो ।

शाओमीका अन्य सर्भिस सेन्टरहरु पोखरा, नारायणघाट, नेपालगन्ज र इटहरीमा अवस्थीत बाण्डको रुपमा शाओमीले गुणस्तर र प्रक्रियामा उच्च बेन्चमार्क निर्माण र कायम गर्न लगनशील प्रयासहरु प्रदर्शन गरिरहेको छ र नेपालमा आफ्टर सेन्स् सर्भिस नेटर्वक विस्तार गरेर यसतर्फ महत्वपूर्ण कदम चालेको छ ।उक्त अवसरमा शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर शौरभ कोठारीले भन्नुभयो, “ शाओमीमा हामी वास्तवमै सबैलाई नवीनतम प्रविधिको पहुँच पुर्याउन केन्द्रित छौं ।

शाओमीमा सर्भिसको गुणस्तर प्रमुख स्तम्भ हो। र, हामी विक्री पछिको सेवा र ग्राहकको रोचाप्रतिको प्रयासमा लामा नवीनतम उपायहरुको उत्तम कार्यान्वयन गर्न जारी राख्दछौ । यो नवीनतम प्रयासहरूले हानीलाई देशभर अघि बढ्न मद्दत गर्दै नेपालीग्राहकहरु र मी फ्यानहरुको माया र विश्वास हासिल गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ। हामीले आशा गरेका छौं कि यो नयाँ सर्भिस सेन्टरले नेपालभरका हाम्रा सबै प्रयोगकर्ताहरुलाई उच्च गुणस्तरीय सेवा पुर्याउने हाम्रो प्रतिबद्धतालाई अझ मजबुद बनाउने छौ ।

यी सर्भिस सेन्टरहरु संचालनमा आएसंगै नेपालको प्रयोगकर्ता समुदायमा आधिकारिक उत्पादनहरुको प्रयोग बढेको छ । सेवाको टनंआराउन्ड समय र पर्याप्त पहुँच योग्यतामा उल्लेखनिय गिरावटले नेपालमामी फ्यानहरूप्रति ब्राण्डको प्रतिवद्धता प्रदर्शन गर्न महत्वपूर्ण भूमिका खेलेको छ ।यो सर्भिस सेन्टर समुद्घाटन अवसरमा शाओनी नेपालले शाओमीका सबै उत्पादहरूमा फ्री सर्विस क्याम्प, बारेन्टी कार्ड भएन भएका सम्पूर्णका लागि एक हप्तासम्म प्रदान गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्