अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल नियुक्त « Arthapath.com
११ फाल्गुन २०७७, मंगलवार

अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल नियुक्त



काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले २.४ मेगावाट जलविद्युत् आयोजनाको शेयर निष्काशनका लागि सिद्धार्थ क्यापिटल लिमिटेडलाई बिक्रीप्रबन्धकको रुपमा नियुक्त गरेको छ ।

उक्त परियोजना लमजुङ्ग जिल्लाको मस्र्याङदी गाउँपालिकामा अवस्थित छ । अप्पर स्याङ्गेका अध्यक्ष वीरबहादुरघले यो परियोजना कोभिड १९को प्रभावको बाबजुद बजेट भित्रै रहीय थाशिघ्र निर्माण सम्पन्न भएको बताएका छन ।

यस परियोजनामा कृति भेन्चर फ्ण्ड, भेष्ना भेन्चर फ्ण्ड र व्यात्तिगत लगानिकर्ताहरुले लगानि गर्नु भएको हो । माछापुच्छ्रे्े कृति क्यापिटल लिमिटेडले (पहिलेको कृति क्यापिटल एण्ड इन्भेष्टमेन्ट लिमिटेड) यस परियोजनाको स्थापनाकाल देखिनै संस्था गत परामर्शका रुपमा सेवाहरू प्रदान गर्दै आएको छ । साथै यस परियोजनाका लागि आवश्यकऋण साझेदारका रुपमा प्राइमकमर्शियल बैंक रहेको कम्पनिले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्