९७.५३ घट्यो ओरियन्टल इन्स्योरेन्सको नाफा « Arthapath.com
१३ फाल्गुन २०७७, बिहीबार

९७.५३ घट्यो ओरियन्टल इन्स्योरेन्सको नाफा



काठमाडौं । ओरियन्टल इन्स्योरेन्स कम्पनिको नाफा घटेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तिय विवरण अनुसार कम्पनिको नाफा ९७.५३ प्रतिशतले घटेको छ ।

कम्पनीले यो त्रैमासमा ७१ लाख ५४ हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा गएको बर्षको तुलनामा ९७.५३ प्रतिशतले घटेको हो ।कम्पनिले गएको बर्ष २९ करोड ७८ हजार रुपैयाँ नाफा कमाएको थियो ।

त्यसैगरी कम्पनिको खुद बिमा शुल्क पनि घटेको छ । गएको वर्ष ४६ करोड ७१ लाख रुपैयाँ रहेको मा यस बर्ष १३।९८ प्रतिशतले घटेर ४० करोड १७ लाख रुपैयाँमा सीमित भएको छ ।

यस बषै कम्पनिको खुद दाबी भुक्तानी भने १७ करोड २९ लाख रुपैयाँबाट बढेर २४ करोड ७८ लाख रुपैयाँ कायम भएको छ । त्यसैगरी कम्पनीको बिमा कोषको आकार ६५ करोड ८४ लाख रुपैयाँबाट बढेर ७९ करोड ५६ लाख रुपैयाँ पुगेको छ । कम्पनीको जगेडा कोष ४ करोड ३१ लाख रुपैयाँ नोक्सानमा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्