प्रभु क्यापिटलले ल्यायो ‘ट्रिपल नाइन, ट्रिपल बेनिफिट’ योजना « Arthapath.com
१६ फाल्गुन २०७७, आईतवार

प्रभु क्यापिटलले ल्यायो ‘ट्रिपल नाइन, ट्रिपल बेनिफिट’ योजना



काठमाण्डौं । प्रभु क्यापिटल लिमिटेडले नयाँ डिम्याट योजना ‘९९९ ट्रिपल नाइन, ट्रिपल बेनिफिट’ योजना आजबाट सञ्चादनमा ल्याएको छ ।


उक्त योजना अन्तर्गत ग्राहकले ९९९ रुपैयाँमा ट्रिपल बेनिफिट प्राप्त गर्ने प्रभु क्यापिटलले जनाएको छ ।ग्राहकले डिभ्याट लिँदा मेरो सेयर लगइन निःशुल्क, खाता खोलेपछि ९ वर्षसम्म नवीकरण गर्नु नपर्ने (८ वर्षको नवीकरण आफैँ हुने) र पोर्टफोलियो म्यानेजमेन्ट सर्भिसमा ५० प्रतिशत छुट पाउने व्यवस्था सहितको नयाँ योजना ल्याएको क्यापिटलले जनाएको छ ।

प्रभु क्यापिटलले नियमित कार्यालय समय तथा ८ टु ८ अन्तर्गत सञ्चालित समयका साथै प्रभु बैंकको नेपाल अधिराज्यभर रहेको शाखाबाट यो योजनाअन्तर्गत डिम्याट खाता खोल्न सक्नेछन् ।

यसका साथै प्रभु क्यापिटलको अनलाइन डिम्याट एप्लिकेसन https://dematapply.prabhucapital.com बाट समेत डिम्याट खाताको आवेदन दिन सक्ने क्यापिटलले व्यवस्था गरेको छ ।


प्रतिक्रिया दिनुहोस्