लाभांश पारित गर्न नेपाल दूरसञ्चारले साधारण सभा बोलायो « Arthapath.com
२० फाल्गुन २०७७, बिहीबार

लाभांश पारित गर्न नेपाल दूरसञ्चारले साधारण सभा बोलायो



काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले साधारण सभा बोलाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हो । कम्पनीले चैत १३ गते, त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेलमा तेह्रौँ वार्षिक साधारण सभा बोलाएको हो ।

सभाले आर्थिक वर्ष २०७६–०७७ को मुनाफा रकममध्येबाट प्रतिशेयर ४० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ । यसका साथै कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि पारित गर्ने छ । त्यसैगरी, सभामा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक सदस्यको निर्वाचन पनि गरिने छ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले फागुन २८ गतेदेखि चैत १३ गतेसम्म बुकक्लोज गर्ने छ । यस अनुसार फागुन २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो सभामा सहभागिता जनाउनुका साथै कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्