सिंगटी हाइड्रोको आईपीओ आजदेखि निष्कासन, कहिलेसम्म दिने आवेदन ? « Arthapath.com
६ चैत्र २०७७, शुक्रबार

सिंगटी हाइड्रोको आईपीओ आजदेखि निष्कासन, कहिलेसम्म दिने आवेदन ?



काठमाडौं । सिंगटी हाइड्रो इनर्जी कम्पनी लिमिटेडले चैत्र ६ गते शुक्रबारदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २९ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमा १ लाख ५४ हजार कित्ता सामूहिक लगानी कोषका लागि, ५८ हजार कित्ता कर्मचारीहरुका लागि र बाँकी २६ लाख ९७ हजार कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको कम्पनीले जनाएको छ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्ताको आवेदन दिन सक्ने छन् । आइपीओ छिटोमा चैत १० गते र ढिलोमा चैत २० गते बन्द हुने छ । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी माइनस (आइएस) रेटिङ्ग प्रदान गरेको छ । त्यस्तै कम्पनीको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम मेगा क्यापिटल मार्केट्स लिमिटेडले गर्ने छ ।

यसअघि पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि माघ ४ गतेदखि फागुन ३ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १४ करोड ५० लाख रुपैयाँ बराबरको १४ लाख ५० हजार कित्ता साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्