नेपाल बैंकको २०५औं शाखा दैलेखको नारायण नगरपालिकामा « Arthapath.com
६ चैत्र २०७७, शुक्रबार

नेपाल बैंकको २०५औं शाखा दैलेखको नारायण नगरपालिकामा



काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्नो २०५औ शाखा दैलेख जिल्ला नारायण नगरपालिका वडा नं.१ दैलेख बजारमा स्थापना गरेको छ । चैत्र ४ गते बुधवार नेपाल बैंक लिमिटेड सन्चालक समिति अध्यक्ष श्री मधुकुमार मरासिनी तथा नारायण नगरपालिका प्रमुख रत्न बहादुर खड्काले संयुक्त रुपमा ताम्रपत्र अनावरण गरि शाखा समुद्घाटन गर्नुभएको हो ।

This image has an empty alt attribute; its file name is image-32.png

उक्त समाहरोह नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो । नगरपालिका प्रमुख रत्न बहादुर खड्का र दैलेख जिल्ला उध्योग बाणिज्य संघका अध्यक्ष कुल बहादुर बि.क. बिशिष्ट अतिथी रहनुभएको उद्घाटन समाहरोहमा जनप्रतिनिधी, ब्यापारी÷ग्राहक, जिल्लामा रहेका सरकारी कार्यालयका प्रमुख, शिक्षक तथा जेष्ठ नागरिकको उपस्थिती रहेको थियो ।

This image has an empty alt attribute; its file name is image-34.png

कार्यक्रमका प्रमुख अतिथी मधुकुमार मरासिनीले दैलेख जिल्लामा प्रतिष्पर्धात्मक माध्यमबाट सुलभ र सहज बैकिङ्ग सेवा दिने गरि नेपाल बैंक लिमिटेड आएकोले यसले दैलेखबासीलाई समृद्ध बनाउन भुमिका खेल्ने धाराण राख्नुभएको थियो । नगर प्रमुख रत्न बहादुर खड्काले बिगतमा दैलेख जिल्लामा खोलिएको नेपाल बैंक लिमिटेडलाई दैलेखबासीले स्मरण गरिरहेकोले आज सन्चालनमा आएको दैलेख शाखाबाट दिगो बैंकिङ्गको अपेक्ष रहेको धारण राख्नु भयो । नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले बक्ताहरुबाट उठाइएका जिज्ञासाको बारेमा स्पष्ट पार्दै बैंकको बिशिष्ट प्रकृतिका प्रडक्टहरु रहेका र सोलाई प्रयोग गरि बैंकसंग साझेदारी गर्न ग्राहकबर्गलाई अनुरोध गर्नुभएको थियो ।

उक्त कार्यक्रममा नेपाल बैंक लिमिटेड, कर्णाली तथा सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख बाबुराम काफ्लेको समेत उपस्थिती रहेको थियो । वीरेन्द्रनगर शाखाका शाखा प्रवन्धक श्री गणेश के.सि.ले सन्चालन गर्नुभएको उक्त कार्यक्रममा प्रादेशिक कार्यालयका प्रवन्धक धर्मराज कोईरालाले स्वागत मन्तब्य दिनुभएको थियो भने शाखा प्रवन्धक श्याम महताराले अतिथी सत्कार ब्यवस्थापन गर्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्