सुबिसुले ल्यायो ‘इन्टरनेट मस्त जीवन स्वस्थ’ योजना, एक लाखसम्मको स्वास्थ बीमा निःशुल्क « Arthapath.com
५ बैशाख २०७८, आईतवार

सुबिसुले ल्यायो ‘इन्टरनेट मस्त जीवन स्वस्थ’ योजना, एक लाखसम्मको स्वास्थ बीमा निःशुल्क



काठमाडौं । नेपालको सुचना तथा संचार क्षेत्रमा अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबलनेट प्रा. लि ले नयाँ वर्षको अवसरमा ग्राहकहरुका निम्ति “इन्टरनेट मस्त जीवन स्वस्थ” अफर प्रस्तुत गरेको छ जसमा ग्राहकहरुले रु. एक लाखसम्मको निःशुल्क स्वास्थ बीमा प्राप्त गर्नु हुनेछ ।


स्वस्थ जीवनको महत्वलाई ध्यानमा राख्दै कम्पनीले इन्टरनेट तथा इन्टरनेट र क्लियर टिभी सेवाको नयाँ जडान तथा नविकरणमा रु. एक लाखसम्मको निःशुल्क स्वास्थ्य बीमा प्रदान गर्ने भएको छ । सेवा २०Mbps भन्दा माथिको Bandwidth मा लागु हुनेछ ।


कम्पनीले स्वास्थ्य बीमाको लागि शिखर इन्स्युरेन्ससँग सहकार्य गरेको हो । यस अफर अन्तर्गत ग्राहकहरुले नेपाल र भारतमा उपचारार्थ रु. एक लाख सम्मको स्वास्थ्य बीमा प्राप्त गर्नुहुनेछ । आकस्मिक स्वास्थ्य उपचारमा पर्न जाने आर्थिक भारलाई यसले धेरै हदसम्म निर्मुल पार्ने विश्वास लिइएको छ । अफर सिमित अवधीका लागि रहनेछ र शर्त तथा नियमहरु लागु हुनेछ ।

सुबिसु केबलनेट (प्रा.) लि.ले केबल तथा डिजिटल टिभी सेवा, कन्जुमर इन्टरनेट, इन्टरप्राइज इन्टरनेट, एम.पि.एल.एस भि.पि.एन.एस (MPLS VPNs), व्यानएथर्नेट(WAN Ethernet), होलसेल आइ.पि ट्रान्जिट(Wholesale IP Transit),एम.भि.पि९ःख्ए०,डाटा सेन्टर सोलुसन(Data Center Solution) जस्ता मनोरञ्जनात्मक सेवा तथा बिजनेस सोलुसन नेपालमा प्रदान गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्