एसईईको प्रश्नपत्र छाप्ने काम सुरु « Arthapath.com
६ बैशाख २०७८, सोमबार

एसईईको प्रश्नपत्र छाप्ने काम सुरु



कठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले (एसईई)को प्रश्नपत्र छाप्ने काम सुरु गरेको छ ।हिजोबाट राष्ट्रिय परीक्षा बोर्डले (एसईई)को प्रश्नपत्र छाप्ने काम सुरु गरेको हो ।

एसईईको प्रश्नपत्र छपाई १५ दिन देखि २० दिन भित्र सक्ने योजनामा रहेको निमित्त परीक्षा नियन्त्रक भवराज कोईरालाले जानकारी दिएका छन । अनुसार २ हजार १६ केन्द्र छुट्याएको र यसका लागि बोर्ड बैठक बसेर अन्तिम निर्णय हुन बाँकी रहेको उनले जानकारी दिएका छन ।

कोभिड १९ को महामारी भईरह्यो भने पनि त्यसको विकल्पमा अहिले नै कुनै तयारी नभएको र यदि महामारी बढ्दै गयो भने त्यो अवस्थामा नेपाल सरकारले जे निर्णय गर्छ, त्यस अनुरुपको प्रक्रियालाई अघि बढाईने जानकारी दिएका छन ।

अघिल्लो वर्षको परीक्षामा विद्यालयबाट नै विद्यार्थीहरुको आन्तरिक मूल्याङ्कन गरेको थियो । तर, त्यो प्रक्रिया सन्तुलन र प्रभावकारी बन्न नसकेकाले यो वर्ष सकेसम्म केन्द्रले नै परीक्षा लिने तयारी गरेको उनले बताए ।

गत साल कोभिड–१९ का कारण एसईइ हुनुभन्दा अघिल्लो दिन परीक्षा स्थगित गरेको थियो र आन्तरीक मूल्याङ्कनबाट नै सम्पूर्ण एसइइका परीक्षार्थीहरुलाई उत्तीर्ण गराइएको थियो, जुन प्रभावकारी बन्न सकेको थिएन ।साथै, यो वर्षबाट जापानबाट पनि एसइइको परीक्षा दिने व्यवस्था गरिएको छ । जसमा २४ जना विद्यार्थीले परीक्षा दिनेछन् ।यो वर्ष करिब ५ लाख १७ हजार एक सय २२ जना विद्यार्थीहरुले एसईई परीक्षा दिने भएका छन् ।


प्रतिक्रिया दिनुहोस्