रत्न तथा आभूषण महासंघको स्वच्छ व्यवसाय अभियान : वैध व्यापारलाई बढावा « Arthapath.com
६ बैशाख २०७८, सोमबार

रत्न तथा आभूषण महासंघको स्वच्छ व्यवसाय अभियान : वैध व्यापारलाई बढावा



काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले स्वच्छ व्यवसायः सम्मानित व्यवसायी राष्ट्रिय अभियान थालेको छ । महासंघले शुक्रबार राजधानीमा एक् कार्यक्रम गदै वैध व्यापार गर्नेलाई सहज वातावरण बनाएर कानुन विपरीत व्यवसाय गर्नेलाई कारबाही गर्न अभियान चलाएको जानकारी दिएके छ ।

शुक्रबार एक कार्यक्रमका विच अर्थमन्त्री विष्णु पौडेलले स्वच्छ व्यवसाय अभियानको सुरुवात गरेका छन ।

कार्यक्रममा बोल्दै नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जनले वैध व्यापार गर्ने त्रासमा रहनुपर्ने बाध्यता अन्त्य गरेर अवैध व्यापार गर्नेलाई कानुनी उपचारको बाटो खोज्न पर्ने बताएका छन ।उनले ‘राज्यको कार्यशैली व्यवसायमैत्री हुनु पनि अनिवार्य आवश्यकता हो। वैध रूपमा व्यवसाय गर्नेहरु त्रासमा रहनु पर्ने तर कानून नमान्नेले छुट पाउने अवस्था नआओस् भन्नको लागि व्यवसाय–मैत्री कानून र कार्यशैली आवश्यक हुन्छ,’ उनले भने, ।

त्यस्तैे सुनचाँदी व्यवसायमा खर्बौ लगानी भएको र वार्षिक ८ अर्ब राजस्वमा योगदान गरेको समेत बताए। ‘यति धेरै योगदान गर्ने व्यवसायी अपहेलित र त्रासमा रहन परेको उनले बताएका छन ।त्यस्तै आभूषण व्यवसायलाई चाहिने मुख्य कच्चा पदार्थ सुन चाहिएको बेलामा खरिद गर्न नपाइएको बताउँदै सीमित कोटा हुँदा व्यवसायी नै पलायन हुने अवस्था आएको बताए ।


प्रतिक्रिया दिनुहोस्