विन्ध्यबासिनी हाइड्रोपावरले डाक्यो साधारण सभा, यस्ता प्रस्ताव पारित हुदै « Arthapath.com
१० बैशाख २०७८, शुक्रबार

विन्ध्यबासिनी हाइड्रोपावरले डाक्यो साधारण सभा, यस्ता प्रस्ताव पारित हुदै



काठमाडौं । विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनिको साधारण सभा बैशाख ३१ गते बिहान ११ बजे गर्ने जनाएको छ ।

भर्चुअल माध्यमबाट हुने सभा कम्पनीको कार्यालय नयाँ बानेश्वरमा हुने बताएको छ । सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।

त्यस्तै साधारण सभाले आर्थिक वर्ष २०७७/७८ को लागि लेखा परिक्षकको नियुक्ती गर्ने, पारिश्रमिक निर्धारण गर्ने र कम्पनीमा नयाँ सञ्चालक समितिको गठन गर्ने प्रस्ताव पनि पारित गर्ने कम्पनिले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्