ठूला ६ वटा लघुवित्तलाई यही वर्षदेखि एनएफआरएस लागू, राष्ट्र बैंकले बनायो ढाँचा « Arthapath.com
२० बैशाख २०७८, सोमबार

ठूला ६ वटा लघुवित्तलाई यही वर्षदेखि एनएफआरएस लागू, राष्ट्र बैंकले बनायो ढाँचा



काठमाडौं । नेपाल राष्ट्र बैंकले ठूला लघुवित्त कम्पनीहरुलाई नेपाल लेखा प्रतिवेदन मान (एनएफआरएस) अनुसार वित्तीय विवरण प्रकाशन गर्ने ढाँचा सार्वजनिक गरेको छ । केन्द्रिय बैंकले यो वर्षको मौद्रिक नीतिमार्फत् नै थोक कर्जा प्रवाह गर्ने र सर्वसाधारणसँग निक्षेप स्वीकार गर्ने लघुवित्त कम्पनीहरुलाई एनएफआरएस ढाँचामा समेत वित्तीय प्रतिवेदन सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको थियो ।

आगामी असार मसान्तको प्रतिवेदन तयार पार्दा पुरानो प्रणाली र नयाँ एनएफआरएस प्रणाली दुबै विधीबाट वित्तीय विवरण बनाउनुपर्ने राष्ट्र बैंकले बताएको छ । तुलनायोग्य तथ्यांक तयार पार्नका लागि पहिले वर्ष दुबै विधीबाट लेखांकन गर्नुपर्ने हुन्छ । त्यसपछिका वर्षमा भने यी संस्थाले एनएफआरएस अनुसारमात्रै प्रतिवेदन तयार गर्दा हुन्छ ।

अहिले सञ्चालनमा रहेका ७६ लघुवित्त कम्पनीमध्ये तत्कालका लागि ६ वटा कम्पनीलाई मात्रै यो नियम लागू हुन्छ । आरएमडीसी लघुवित्त, सानाकिसान लघुवित्त, फस्ट फाइक्रोफाइनान्स र आरएसडीसी लघुवित्त वित्तीय संस्थाले थोक कर्जा प्रवाह गर्दै आएका छन् ।

त्यस्तै निर्धनउत्थान लघुवित्त र छिमेक लघुवित्तले सर्वसाधारणबाट निक्षेप संकलन गर्छन् । यस बाहेकका लघुवित्त कम्पनीलाई भने यो वर्षको वित्तीय विवरण तयार पार्दा एनएफआरएस लागू गर्नुपर्ने बाध्यता रहँदैन ।

Tags :

प्रतिक्रिया दिनुहोस्