एनआईसी एशिया बैंकद्वारा चमत्कारिक बचत सिरिज अन्तर्गत उपलब्ध २० लाख बीमा रकम दुई जना ग्राहकहरूलाई भुक्तानी « Arthapath.com
२१ बैशाख २०७८, मंगलवार

एनआईसी एशिया बैंकद्वारा चमत्कारिक बचत सिरिज अन्तर्गत उपलब्ध २० लाख बीमा रकम दुई जना ग्राहकहरूलाई भुक्तानी



कठमाडौं । एनआईसी एशिया बैंकले बचतसँगै बीमा सुविधाले भरिपूर्ण चमत्कारिक बचत सिरिज अन्तर्गत उपलब्ध २० लाख बिमा रकम जनही रू. १० लाखका दरले दुई जना ग्राहकहरूलाई भुक्तानी गरेको छ ।

सियारी गाउँपालिकाको हर्नैया स्वास्थ्य चौकीमा कार्यरत बुटवल निवासी ४४ वर्षिया निशा श्रेष्ठ आले कक्षपतिज्यूले यस बैंकको रुपन्देही जिल्लास्थित सियारी शाखामा सुपर चमत्कारिक तलब बचत खाता खोल्नुभएकोमा सो खातामा रहेको खातावाल तथा निजको परिवारका सदस्यहरुलाई समेत उपलब्ध बीमा सुविधा अनुरुप वहाँका पति जवीन प्रसाद कक्षपतिज्यूको घातक रोग उपचारवापत निज खातावालाले उक्त रकम प्राप्त गर्नुभएको हो ।

साथै, सोही जिल्लाको रुद्रपुर शाखामा न्यू सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड’ श्रेणीको खाता खोल्नुभएका कञ्चन गाउँपालिका–३ निवासी ४७ वर्षिया बिन बहादुर वर्माज्यूलाई घातक रोगको उपचार वापत उक्त रकम भुक्तानी गरिएको छ । उक्त बीमा रकम बैंकले एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्यमा खातावालालाई भुक्तानी गरेको हो ।

बैंकले हाल न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ का ग्राहक महानुभावहरूलाई भविष्यमा आइपर्न सक्ने भवितब्यको लागि चाहिने आर्थिक स्रोतको जोहो गर्न बीमा सुविधा प्रदान गर्दै आएको छ । यस बचत योजनामा १८ वटा विभिन्न घातक रोगको उपचारका लागि रू.१० लाख, दुर्घटनाबाट पूर्ण रुपमा घाइते वा मृत्यु भएका व्यक्ति वा परिवारलाई रू.१० लाख र मेडिकल जाँचमा हुने अस्पताल खर्च वापत रू.१ लाख (अस्पताल भर्नामा रू.८० हजार र बहिरंग उपचारमा रू.२० हजार) सँगै विभिन्न निःशुल्क सुविधाहरू समेत ग्राहक महानुभावहरूले पाउन सक्नुहुनेछ । बैंकको बीमा सहितको निक्षेप योजनाअन्तर्गत अहिलेसम्म देशभरका ४४५ जना भन्दा बढी ग्राहक महानुभावहरूले बीमा वापतको रू. २ करोड ९० लाख भन्दा बढी रकम प्राप्त गरिसक्नुभएको छ । यस किसिमका बीमासहितको बचत योजनाहरूबाट आमसर्वसाधारणलाई बचत गर्न थप प्रोत्साहन मिलेको बैंकले विश्वास लिएको छ ।

बैंकको मुलुकभर रहेका ३५२ शाखा कार्यालयहरू, ४७१ एटिएम, ७५ वटा विस्तारित काउण्टर एवं ८० वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्