हिमालयन डिष्टिलरीको नाफा ५३.८९ प्रतिशतले बढ्यो,अन्य सुचक कस्तो ?
काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडको नाफा ५३.८९ प्रतिशतले बढेको छ ।कम्पनिले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ६७ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४३ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५३.८९ प्रतिशतले बढेको हो।
नाफा बढेसंगै कम्पनीको प्रतिशेयर आम्दानीमा पनि उकालो लागेको छ । चालु आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनिको प्रतिशेयर आम्दानि बढेर १०३ रुपैयाँ ३७ पैसा कायम भएको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा १०० रुपैयाँ ७६ पैसा रहेको थियो।
त्यसैगरी कम्पनीको बिक्री आम्दानी ९ प्रतिशत बढेर ३ अर्ब ८९ करोड ५१ लाख रुपैयाँ पुगेको छ । कम्पनीको चुक्ता पूँजी ५० प्रतिशत बढेर ८६ करोड ७७ लाख रुपैयाँ पुगेको छ ।













