नेप्सेद्वारा वित्तीय विवरण सार्वजनिक नगर्ने खानीखोला हाइड्रो पावरको कारोबार रोक्का « Arthapath.com
२० जेष्ठ २०७८, बिहीबार

नेप्सेद्वारा वित्तीय विवरण सार्वजनिक नगर्ने खानीखोला हाइड्रो पावरको कारोबार रोक्का



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले खानीखोला हाइड्रो पावर कम्पनीको सेयर कारोबार रोक्का गरेको छ । नेपाल धितोपत्र बोर्ड (सेवोन) मा वित्तीय विवरण सार्वजनिक नगरेको भन्दै निवेदन परेपछि नेप्सले कारोबार रोक्का गरेको हो । विभिन्न ३ कम्पनी खानीखोला हाइड्रो पावर कम्पनी, जोशी हाइड्रो पावर र हिमाल दोलखा पावर कम्पनीले वित्तीय विवरण सार्वजनिक नगरेको हुनाले कारोबार रोक्का गर्न माग गर्दै बोर्ड निवेदन परेको हो ।

लगानीकर्ता केशब कोइरालाले खानीखोला हाइड्रो पावर कम्पनी, जोशी हाइड्रो पावर र हिमाल दोलखा पावर कम्पनीको शेयर कारोबार रोक्का गर्न माग गर्दै मंगलबार बोर्डमा निवेदन दिएका थिए । तर, जोशी हाइड्रो पावर र हिमाल दोलखा पावर कम्पनीका बारेमा नेप्सले केही जानकारी गराएको छैन् ।

बिहीबार नेप्सले सूचना जारी गर्दै खानीखोला हाइड्रो पावर कम्पनीको कारोबार रोक्का गरेको जनाएको हो । नेप्सेका अनुसार वित्तीय विवरण सार्वजनिक नगरेको पत्र प्राप्त भई अवगत भएको छ । धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२(१) (क) मा भएको ब्यवस्था बमोजिम नेप्सेमा विवरण पेश गरेको नपाईएकाले धितोपत्र सूचीकरण, २०७५ को विनियम १६(१) (घ) मा भएको ब्यवस्था बमोजिम कम्पनीको दोस्रो बजार कारोबार जेठ २० गतेदेखि रोक्का गरिएको नेप्सेले जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।

2b0a5660b04f6b9a9fd44b38f4ab861b-1


प्रतिक्रिया दिनुहोस्