सिटिजन्स बैंकको सभाद्वारा सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव पारित, चालु आव भित्रै संयुक्त कारोबार गर्ने « Arthapath.com
२७ जेष्ठ २०७८, बिहीबार

सिटिजन्स बैंकको सभाद्वारा सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव पारित, चालु आव भित्रै संयुक्त कारोबार गर्ने



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको सातौँ वार्षिक साधारण सभा सम्पन्न भएको आज बिहीबार सम्पन्न साधारण सभाले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।

सञ्चालक समितिका तर्फबाट अध्यक्ष राजनसिंह भण्डारीबाट प्रस्तुत गरिएको सिर्जना फानान्सलाई प्राप्तिसम्बन्धी विशेष प्रस्तावलाई पारित गरेको हो । चालु आर्थिक बर्षभित्र सिर्जना फाइनान्सलाई प्राप्ति गरी संयुक्त कारोबार प्रारम्भ गर्ने गरी तयारीहरु भइरहेको बैंकले जनाएको छ ।

सिर्जना फाइनान्सको १०० कित्ता सेयरलाई सिटिजन्स बैंकको ९५ कित्ता सेयर (१ः०.९५) दिने गरी सेयर मूल्य अनुपात कायम गरिएको छ ।

त्यस्तै, सिर्जना फाइनान्सको विशेष साधारणसभा सम्पन्न भएको छ । बिहीबार सम्पन्न भएको सभाले सिर्जना फाइनान्सलाई प्राप्तिका लागि स्वीकृति प्रदान गरिसकेको छ । दुवै सभाले स्वीकृति दिएसँगै सिटिजन्स बैंकलाई सिर्जना फाइनान्स प्राप्ति गर्न सहज भएको हो ।

जेठ २६ गतेसम्मको तथ्यांक अनुसार प्राप्तिछि निक्षेप करिब १ खर्ब ३८ अर्ब रुपैयाँ पुग्नेछ भने ऋण लगानी खर्ब २२ अर्ब रुपैयाँ पुग्नेछ । बैंकको कूल शाखा १८९ पुग्नेछन् । सिटिजन्स बैंकको प्राप्तिपछिको चुक्ता पूँजी १२ अर्ब ५८ करोड रुपैयाँ पुग्नेछ । बैंकको ग्राहक संख्या करिब १२ लाख पुग्नेछ ।


प्रतिक्रिया दिनुहोस्