बिना लाभांश युनियन हाइड्रोपावरले बोलायो साधारण सभा, हकप्रद निष्काशन गर्ने विषेश प्रस्ताव पारित गर्ने « Arthapath.com
३१ जेष्ठ २०७८, सोमबार

बिना लाभांश युनियन हाइड्रोपावरले बोलायो साधारण सभा, हकप्रद निष्काशन गर्ने विषेश प्रस्ताव पारित गर्ने



काठमाडौं । युनियन हाइड्रोपावर कम्पनीले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनी सञ्चालक समितिको जेठ २३ गते बसेको बैठकले तेह्रो र चौधौं गरी २ आर्थिक वर्षको साधारण सभा असार २५ गते बिहान ११ बजे बोलाएको हो ।

सभामा हकप्रद निष्काशन गर्ने विषेश प्रस्ताव पारित गर्नेछ । साधारण सभाले कम्पनीद्वारा प्रबर्धित मिदिम खोला कपुरा जलविद्युत आयोजनाको लागि लिएको ऋण व्यवस्थापन र अन्य आयोजनाहरुको अध्ययन तथा विकासको लागि आवश्यक रकमको लागि हकप्रद शेयर जारी गरी पूँजी उठाउने सम्बन्धमा छलफल गर्ने जनाएको छ ।

त्यस्तै, कम्पनीले अनुमतिपत्र प्राप्त गरेको आयोजनाहरुको छुट्टै कम्पनी खोली आयोजनाको अनुमतिपत्र हस्तातरण गर्न, स्वदेशी तथा विदेशी लगानीकर्ताहरुको खोज्न र बैंक तथा वित्तीय संस्थाहरुसंग समन्वय गर्न सञ्चालक समितिलाई अख्तियारी दिने तयारी गरेको छ । कम्पनीले दुई आर्थिक वर्षको मुनाफाबाट भने लाभांश नदिने भएको छ ।

सभामा सञ्चालकहरूको निर्वाचन गरी नयाँ सञ्चालक समिति गठन गर्ने र कम्पनीको नियमावली संशोधन गर्ने विशेष प्रस्ताव रहेको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले असार १५ गतेदेखि २५ गते सम्म बुक क्लोज गर्ने जनाएको छ । त्यसअनुसार असार १४ गतेसम्म कायम शेयरधनीहरु मात्रै साधारण सभामा सहभागि हुन पाउनेछन ।


प्रतिक्रिया दिनुहोस्