फेरी बढ्यो सुनको भाउ, चाँदी ओरालो लाग्यो « Arthapath.com
९ असार २०७८, बुधबार

फेरी बढ्यो सुनको भाउ, चाँदी ओरालो लाग्यो



काठमाडौं । बुधबार नेपाली बजारमा सुन सामान्य बढेको छ । आज सुन तोलामा २ सयले बढेर छापावाला सुन प्रतितोला ९० हजार ७ सयमा र तेजावि सुन प्रतितोला ९० हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी आज चाँदी भने ५ रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
हिजो मंगलबार एकैदिन सुन तोलामा ६ सयले बढेको छापावाला सुन प्रतितोला ९१ हजार र तेजावि सुन प्रतितोला ९० हजार ५ सयमा कारोबार भएको थियो । त्यसैगरी चाँदी ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सयमा कारोबार भएको थियो ।

त्यसैगरीे सोमबार ४ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ९० हजार ४ सय र तेजावि सुन ८९ हजार ९ सय रुपैयाँ कारोबार भएको थियो । भने चाँदी ५ रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ९५ रुपैयाँ कायम भएको थियो ।

त्यसैगरी आइतबार छापावाला सुन तोलमा एकैदिन ८ सयले घटेर प्रतितोला ९० हजार र तेजावि सुन प्रतितोला ८९ हजार ५ सय रुपैँयामा कारोबार भएको थियो । भने चाँदी पनि एकैदिन ५० रुपैँयाले घटेर प्रतितोला १ हजार २ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

Tags :

प्रतिक्रिया दिनुहोस्