एनआईसी एशिया लघुवित्तले ग्राहकलाई व्याजमा १० प्रतिशत ब्याज छुट दिने « Arthapath.com
९ असार २०७८, बुधबार

एनआईसी एशिया लघुवित्तले ग्राहकलाई व्याजमा १० प्रतिशत ब्याज छुट दिने



काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले व्याजमा छुट दिने भएको छ । लघुवित्तले भाका नाघेका ग्राहकहरुलाई असार मसान्त सम्ममा भुक्तानी गर्नुपर्ने कुल बक्यौता साँवा र ब्याज रकममा छुट दिने भएको हो । लघुवित्तले असार मसान्तसम्म भुक्तानी गरेमा १० प्रतिशत ब्याज छुट दिने जनाएको छ ।

असार मसान्त सम्ममा संस्थालाई भुक्तानी गर्नु पर्ने सम्पुर्ण वक्यौता रकम चुक्ता गरेका नियमित ऋणी सदस्यहरुको हकमा २०७८ श्रावण मसान्तबाट लागु हुने गरी निजको ऋणको भाका ननाघुन्जेल सम्मको लागि कर्जा व्याजदरमा १५ प्रतिशत छुट दिने संस्थाले जनाएको छ ।

कोरोना महामारीको बेलामा छुट दिएमा राहत हुने संस्थाले जनाएको छ । हाल वित्तीय संस्थामा आबद्ध सदस्यहरुसँगको सम्बन्ध दिगो एवं सुमधुर हुने कुरामा पनि संस्था विश्वस्त रहेको बताएको छ ।


प्रतिक्रिया दिनुहोस्