जनरल इन्स्योरेन्सको तेस्रो वार्षिक साधारण सभा सम्पन्न, संचालकमा ज्ञवाली र बन्जाडे निर्बिरोध निर्वाचित « Arthapath.com
२१ असार २०७८, सोमबार

जनरल इन्स्योरेन्सको तेस्रो वार्षिक साधारण सभा सम्पन्न, संचालकमा ज्ञवाली र बन्जाडे निर्बिरोध निर्वाचित



काठमाडौ । जनरल इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

साधारण सभाले संचालक समितिको तर्फबाट अध्यक्षद्धारा प्रस्तुत भएको कम्पनीको आ.व २०७६/०७७ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७६/०७७ को, २०७७ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह सम्वन्धी विवरण तयार गरेको छ ।

त्यसैगरी साधारण सभाले सर्वसाधारण शेयरधनीहरुको प्रतिनिधित्व गर्ने संचालकमा सरस्वती गौतम ज्ञवाली, र अमृत बन्जाडे निर्बिरोध निर्वाचित गरेको छ ।

त्यसैगरी सभाले कोभिड–१९ राहत कोषमा सहयोग गरेको रकम अनुमोदन गर्ने निर्णय समेत साधारण सभाले गरेको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्