सामाजिक सुरक्षा कोष विरुद्दको रिटमा कारण देखाउ आदेश जारी « Arthapath.com
२२ असार २०७८, मंगलवार

सामाजिक सुरक्षा कोष विरुद्दको रिटमा कारण देखाउ आदेश जारी



काठमाडौं । सर्वोच्च अदालतले सामाजिक सुरक्षा कोष विरुद्द परेको रिटमाथि कारण देखाउ आदेश जारी गरेको छ ।कर्मचारीहरुले दायर गरेको रिटमा कारण देखाउ आदेश जारी गर्दै दुवै पक्षलाई छलफलको लागि बोलाएको हो । बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुको तर्फबाट वारेसको रुपमा मुद्दा दायर गरेका अधिवक्ता सुरेश भण्डारीका अनुसार अदालतले असार ३१ गते दुवै पक्षलाई छलफलको लागि बोलाएको छ ।

बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीहरुले सामाजिक सुरक्षा कोषका विरुद्ध आन्दोलन गरिरहेका बेला सोमबार सर्वाेच्च अदालतमा रिट दायर गरेका हुन् । मंगलबार न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको हो । बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले सामाजिक सुरक्षा कोष विरुद्द आइतबार रिट दायर गरेका थिए ।

सामाजिक सुरक्षा कोषले बैंकर्स संघलाई लेखेको पत्र, कोषमा आउँनको लागि बाध्य पार्ने गरि कोषले जारि गरेको सूचना, बदर गर्नको लागि आदेश दिन माग गरिएको छ । त्यस्तै बैंक वित्तीय संस्थाका कर्मचारीलाई कोषमा जान जबर्जस्ती नगर्न, सेवा सुविधा रोज्ने अधिकार कर्मचारीलाई नै दिन र सामाजिक सुरक्षा कोषलाई स्वेच्छिक बनाउन निर्देशनात्मक आदेशको माग गरिएको छ भने बैंक तथा वित्तीय संस्थालाई गरिएको विभिन्न कारवाही बदर गर्नको लागि आदेश माग गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्