चेम्वरको पूँजी समितिमा राम श्रेष्ठ चयन « Arthapath.com
२३ असार २०७८, बुधबार

चेम्वरको पूँजी समितिमा राम श्रेष्ठ चयन



काठमाडौं । नेपाल चेम्बर अफ कमर्स अन्तर्गत पूँजी बजार प्रबर्द्धन समिति गठन गरिएको छ । नेपाल चेम्वरका अध्यक्ष राजेन्द्र मल्लले नेपाल चेम्वर अफ कमर्स अन्तरगत गठित पूँजी बजार प्रबर्द्धन समितिका मनोनित सदस्यहरुलाई मनोनयन पत्र प्रदान गरेका छन् ।

चेम्वरका अध्यक्ष मल्लले नेपालको पूँजी बजार नेपाली अर्थतन्त्रको महत्वपूर्ण आधार भएकोले यस क्षेत्रमा स्वस्थ प्रतिस्पर्धा हुन अति आवश्यक भएको बताए । मनोनित सदस्यहरु यस क्षेत्रमा लामो अनुभव हाशिल गरेकाले पूँजी बजार प्रबर्द्धनको लागि उल्लेखनीय भूमिका निर्वाह हुने अपेक्षा गरेको उनले बताए ।

नेपाल चेम्वर अफ कमर्स अन्तरगत पूँजी बजार प्रबर्द्धन समितिको सभापतिमा राम श्रेष्ठ चयन भएका छन् । सभापति श्रेष्ठ चेम्वर कार्य समिति सदस्य हुन् ।

पूँजी बजार प्रबर्द्धन समितिको सह सभापतिमा ध्रुव तिमिल्सिना र सदस्यहरुमा सन्तोष मैनाली अध्यक्ष ब्रोकर एसोसिएसन, मेख वहादुर थापा अध्यक्ष मर्चेण्ट व्रोकर एसोसिएसन, नबिन लाल श्रेष्ठ, राजकुमार तिमिल्सिना, मधुसुदन पाठक, घनश्याम पौडेल र एक नारायण शर्मा रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्