नेप्से लगातार ओरालो लाग्दै, आज १६.९७ अंकले घट्यो « Arthapath.com
२३ असार २०७८, बुधबार

नेप्से लगातार ओरालो लाग्दै, आज १६.९७ अंकले घट्यो



काठमाडौं । लगातार घटिरहेको नेप्से आज बुधबार पनि १६.९७ अंकले ओरोलो लागेको छ । आज १६.९७ अंकले घटेर २ हजार ८ सय १.१३ अंकमा पुगेर बजार बन्द भएको छ ।

आज दिनभर २ सय २२ कम्पनिको ११ करोड ६ लाख ६४ हजार २ सय ७ कित्ता शेयर ४६ हजार १ सय ८३ पटक किनबेच हुदा ४ अर्ब ५८ करोड ५८ लाख ६१ हजार ९ सय ७६ रुपैयाँको कारोबार भएको छ ।


आज डेभलपमेन्ट बैंक र माइक्रोफाइनान्सका लगानिकर्ताले कमाएका छन भने अरु सबै समुह राताम्मे भएको छ । माईक्रोफाइनान्स १९.१९ अंकले बढेको छ भने डेभलपमेन्ट बैंक ११.०६ अंकले बढेको छ । सबैभन्दा बढि निर्जीवन विमा समुहका लगानिकर्ताले गुमाएका छन । आज निर्जिवन विमा समुह १४४.७७ अंकले ओरालो लागेको छ ।


प्रतिक्रिया दिनुहोस्