७ लाख ३६ हजार कित्ता आईपिओ निष्काशन गर्न मैलुङ खोला जलविद्युतले पायो ४ वर्षपछि अनुमति « Arthapath.com
२४ असार २०७८, बिहीबार

७ लाख ३६ हजार कित्ता आईपिओ निष्काशन गर्न मैलुङ खोला जलविद्युतले पायो ४ वर्षपछि अनुमति



काठमाडौं ।मैलुङ खोला जलविद्युत कम्पनिले ४ वर्षपछि आईपिओ निष्काशन गर्न अनुमति पाएको छ । पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आईपओि निष्काशन गर्न २०७४ माघ १८ गते आवेदन दिएको ४ वर्षपछि हिजो अनुमति पाएको हो ।

अनुमति पाएसंगै जलविद्युतले सर्वसाधारणको लागि ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको १०० रुपैयां अंकित ७ लाख ३६ हजार २८६ कित्ता शेयर निष्काशन गर्ने छ ।

आईपिओ निष्काशनका लागि बोर्डले मागेको आवश्यक कागजात कम्पनीले उपलब्ध गराउन नसक्दा ४ वर्षसम्म प्राथमिक शेयर अईपिओ जारी गर्ने अनुमति पाउन नसकेको हो ।

कम्पनिको जारी पूँजी ३६ करोड ८१ लाख ४३ हजार रुपैयाँको ७० प्रतिशत शेयर संस्थापक समुहको, स्थानीय बासीन्दाका लागि १० प्रतिशत र सर्वसाधारणका लागि २० प्रतिशत शेयर स्वामित्व संरचना रहेको छ । जसमा २५ करोड ७७ लाख रुपैयाँ संस्थापक शेयरधनीबाट चुक्ता गरिसकेको छ । रसुवाको डाडाँगाउँमा रहेको जलविद्युत आयोजनाको ६ मेगावाट विद्युत उत्पादन क्षमता रहेको छ ।

कम्पनिको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्