मनकामना स्मार्ट लघुवित्तको आईपीओ असार २८ गते बाँडफाँड हुने

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) सोमबार बाँडफाँड हुने भएको छ ।
आईपीओको प्रि–अलटमेन्ट आज शुक्रबार सम्पन्न भएकोले सोमबार बाँडफाँड हुने एनएमबि क्यापिटल लिमिटेडले जनाएको छ ।
संस्थाले बिहीबारदेखि १ सय रुपैयाँ अंकित दरका ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता शेयर निष्काशन तथा बिक्री खुला गरेको हो । जसमा ६ हजार ५८ कित्ता कर्मचारीलाई र १९ हजार ४ सय ५० कित्ता शेयर सामुहिक लगानी कोषलाई र बाँकि ३ लाख ६३ हजार ४९२ कित्ताको लागि सर्वसाधारणका लागी छुट्याइएको थियो ।
आईपिओमा २० लाख ३६ हजार २४५ जना आवेदकबाट २ करोड ६५ लाख ७४ हजार ०५० कित्ताको लागि आवेदन दिएका छन । माग भन्दा बढि आवेदन परेकोले ग्रोलाप्रथाबाट वितरण गर्दा भाग्यमानी ३६ हजार ३४५ जना आवेदकहरुले मात्र पाउनेछन् भने १९ लाख ९९ हजार ९०० आवेदकको हात खाली हुने छ ।
कम्पनीको शेयर बिक्रि प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।