देउवा नेतृत्वमा ४ जना मन्त्रीको लाग्यो टुंगो, कसलाई कुन मन्त्रालय ? « Arthapath.com
२९ असार २०७८, मंगलवार

देउवा नेतृत्वमा ४ जना मन्त्रीको लाग्यो टुंगो, कसलाई कुन मन्त्रालय ?



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा नेतृत्वमा बन्ने सरकारले केही मन्त्रीको टुंगो लगाएको छ । मंगलबार बन्ने सरकारले ४ जना मन्त्रीको टुंगो लगाएको हो । गठबन्धनको सरकार बन्ने भएपनि अहिलेसम्म प्रधानमन्त्रीसहित ४ जनाले सपथ लिने तयारी भएको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाज पार्टीको संयुक्त सरकार बन्नेछ । माओवादी केन्द्रबाट जनार्दन शर्मालाई अर्थ मन्त्रालय र पम्फा भुसाललाई ऊर्जा, सिँचाई तथा जलस्रोत मन्त्रालय जिम्मेवारी दिने पक्का पक्छि । त्यस्तै, नेपाली कांग्रेसबाट बालकृष्ण खाँण गृहमन्त्री र ज्ञानेन्द्रबहादुर कार्की कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा सिफारिस गरिएको हो । ,

देउवाले मंगलबार साँझ पद तथा गोपनीयताको सपथ लिँदैछन् । प्रधानमन्त्रीको सपथ लगत्तै मन्त्रीहरुको पनि सपथको तयारी भएको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्