निरन्तर उकालो लागेको पेट्रोलियम पदार्थको मूल्य कति घट्यो ? « Arthapath.com
३१ असार २०७८, बिहीबार

निरन्तर उकालो लागेको पेट्रोलियम पदार्थको मूल्य कति घट्यो ?



काठमाडौं । निरन्तर बढिरहेको पेट्रोलियम पदार्थको मूल्य घटेको छ । केपी शर्मा ओली प्रधानमन्त्री भएपछि निरन्तर रुपमा बढेको पेट्रोलियम पदार्थको मूल्य शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि घटेको हो । संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्ने माग गर्दै ज्ञापन पत्र बुझाएपछि मूल्य घटाएको हो ।

मूल्यवृद्धिको विषयलाई लिएर आन्दोलनरत संयुक्त विद्यार्थी संगठनसँगको वार्तापछि नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

निगम सञ्चालक समितिको निर्णय बमोजिम बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजल र मट्टीतेलमा प्रतिलिटिर १ रुपैयाँ घटाएको हो । नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १२८ र डिजल तथा मट्टीतेलको मूल्य १११ रुपैयाँ तोकिएको छ ।

यसअघि निगमले असार २२ गते डिजेल, मट्टीतेल, पेट्रोल, खान पकाउने ग्यास र हवाई ईन्धनको मूल्य २ रुपैयाँ बढाइएको थियो ।


प्रतिक्रिया दिनुहोस्