सानिमा लाइफले पायो ६० लाख कित्ता आइपीओ निष्काशनका लागि अनुमति « Arthapath.com
१ श्रावण २०७८, शुक्रबार

सानिमा लाइफले पायो ६० लाख कित्ता आइपीओ निष्काशनका लागि अनुमति



काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले प्राथमिक शेयर (आइपीओ) निष्काशनको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । अनुमति पाएसंगै कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता प्राथमिक शेयर आईपियो निष्काशन गर्ने छ ।

सानिमा लाईफ इन्स्योरेन्स कम्पनीले कर्मचारीहरुका लागि ५ प्रतिशत र सामूहिक लगानी कोषका लागि ५ प्रतिशत छुट्टाएर बाँकी रहेको शेयर सर्वसाधारणलाई वितरण गर्नेछ ।

हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ । आईपियो निष्काशन पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।इन्स्यनेरेन्सको आइपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल रहेको छ ।

कम्पनीको आईपीओले केयर रेटिङ नेपालले मध्यम किसिमको सुरक्षाको संकेत गर्ने ‘केयरएनपि आइआर ट्रिपल बि माइनस’ प्राप्त गरेको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्