सिभिल बैंकले संचालनमा ल्यायो धेरै ब्याज दिने सूपर प्रिमियम र खुत्रुके बचत खाता, कति छ ब्याज ? « Arthapath.com
५ असार २०८३, शुक्रबार

सिभिल बैंकले संचालनमा ल्यायो धेरै ब्याज दिने सूपर प्रिमियम र खुत्रुके बचत खाता, कति छ ब्याज ?



काठमाडौं । बचतमा सिभिल बैंकले अहिलेसम्म धेरै ब्याज दिने भएको छ । सिभिल बैंकले नयाँ आर्थिक बर्ष २०७८–०७९ को शुरुको दिन नै सिभिल बैंकले यस्तो योजना सार्वजनि गरेको हो । सिभिल बैंकले बचतमा अहिलेसम्मकै धेरै ब्याज दिने २ वटा बचत खाता सञ्चालनमा ल्याएको हो ।

बैंकले साउन १ गते बचतमा धेरै ब्याज दिने सूपर प्रिमियम बचत खाता र खुत्रुके बचत खाता संचालनमा ल्याएको हो । बैंकका अनुसार सूपर प्रिमियम बचत खातामा ६.०१ प्रतिशत र खुत्रुके बचत खातामा ७.०१ प्रतिशत ब्याज दिनेछ ।

सुपर प्रिमियम बचत खातामा विभिन्न ६ वटा घातक बीमा पनि रहेको बैंकले जनाएको छ । मेट लाइफसँगको सहकार्यमा बीमा योजना समेत समावेश गरिएको हो । यो खाता १८ देखी ५८ वर्ष उमेरका व्यक्तिले खोल्न सक्नेछन् । यसमा न्यूनतम २५ हजार रुपैयाँ हुनुपर्ने छ ।

त्यस्तैगरी ग्राहकले २ देखि १० वर्षको समय चएन गरेर खुत्रुके बचतमा २ खाता खोल्न पाउनेछन् । यो खातामा न्यूनतम ५ सय रुपैयाँ हुुनुपर्ने छ । यो खातामा संचित रकमको ७० प्रतिशतसम्म कर्जा पाइने छ । त्यसको लागि हालतको ब्याजमा २ प्रतिशत थप हुनेछ । यी खाता साउनसम्म खोल्नुपर्ने छ ।


प्रतिक्रिया दिनुहोस्