मंगलबार थप ३१०८ जनामा कोरोना संक्रमण « Arthapath.com
५ श्रावण २०७८, मंगलवार

मंगलबार थप ३१०८ जनामा कोरोना संक्रमण



काठमाण्डौं । आज मंगलबार थप ३ हजार १ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै कोरोना संक्रमित हुनेको संख्या ६ लाख ७० हजार ९ सय ५३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पिसिआर परिक्षण विधिबाट २ हजार २ सय २ र एन्टीजेन विधिबाट ९ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

वितेको २४ घण्टामा थप १ हजार छ सय ९५ जना कोरोना संक्रमण मुक्त भएका छन । यो संगै कोरोना संक्रमण हुनेको संख्या ६ लाख ३४ हजार ९ सय २७ पुगेको छ । हाल देशभर २६ हजार ६ सय १९ जना संक्रिय संक्रमित रहेका छन ।

त्यसैगरी गत २४ घण्टामा थप २५ जनाको मुत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट मुत्यु हुनेको संख्या ९ हजार ६ सय ७ जना पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्