नेपालको सबैभन्दा ठूलो पबजी च्याम्पियनसिप सम्पन्न « Arthapath.com
५ श्रावण २०७८, मंगलवार

नेपालको सबैभन्दा ठूलो पबजी च्याम्पियनसिप सम्पन्न



काठमाडौं । एनटर्क सुपर स्क्वाड पबजी मोबाइल चैम्पियनशिप २०२१ GGCO द्वारा TVS NTORQ’s Super Squad Edition को सहकार्यमा आयोजित एक ईस्पोटर्स प्रतियोगिता थियो । देश भरीका ६६० भन्दा बढी टोलीले यस प्रतियोगिताको लागि प्रतिस्पर्धा गरेका थिए। २० दिनको अवधिमा दर्ता गरिएका टोलीहरूले टिभिएस एनटर्क स्कूटरको भव्य पुरस्कारका लागि प्रतिस्पर्धा गरेका थिए। यो टूर्नामेन्ट जगदम्बा मोटर्स – टिभिएसले नेपाली गेमिंगको समुदायलाई सहयोग पु¥याउनको लागि आरम्भ गरेको हो। जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले भन्नुभयो “यो एउटा कर्पोरेट कम्पनीले नेपालको ईस्पोटर्स प्रतिभालाई प्रोत्साहन गर्नको लागि उठाएको ठूलो कदम हो र उनीहरूलाई कर्पोरेट जगतमा प्रतिभा प्रदर्शन गर्न यसले ठूलो सहयोग पुर्याएको छ” ।

TVS NTORQ Super Squad PUBG Mobile Championship 2021 नेपालको लागि लक्षित गरिएको प्रतियोगितामा ६६० भन्दा बढी टोलीहरू आकर्षित भएका थिए। यो प्रतियोगिता जून १, २०२१ मा शुरू भएको र जुलाई १६, २०२१ मा समाप्त भएको हो। फाइनलमा४८ टिमहरू (प्रत्येक समूहमा १६जना) गरी सामेल गरिएका थिए। टोलीहरूलाई तीन समूहमा विभाजन गरिएको थियोः Invincible Red, Combat Blue / Stealth Black ।

कार्यक्रमको ढाँचा क्वालिफायर, क्वाटर–फाइनल, सेमी फाइनल, र फाइनल गरी मिलाइएको थियो जुन सबै अनलाइन टूर्नामेन्टहरू थिए। टोलीहरू फरक सीप स्तरका थिए, र तीन भाग्यशाली बिजेताले TVS NTORQ’s Super Squad मार्वल थिम्स एडिसन स्कूटरको तीन सिरिजहरू जित्न सफल भए। Invincible Red टिमको विजेता Play with Purpose (PWP eSports), Combat Blue, टिमको विजेता Deadeyes Guys (DE) र Stealth Black  टिमको विजेता Da Real Soldiers (DRS) क्रमशः जित्न सफल भए। प्रतिस्पर्धा ४५दिन को अवधिमा सम्पन्न भएको थियो ।सो कार्यक्रमका स्ट्रिमिंग च्यानलहरू Jagdamba Motors – TVS Facebook PageGGCO YouTube Channel थिए ।


प्रतिक्रिया दिनुहोस्