एनआईसी एशिया बैंकको कर्जा र निक्षेप वृद्धिमा बैंकिङ इतिहासकै उच्च, पब्लिक शेयरको मूल्य १३६ गुणाले बढ्यो « Arthapath.com
७ श्रावण २०७८, बिहीबार

एनआईसी एशिया बैंकको कर्जा र निक्षेप वृद्धिमा बैंकिङ इतिहासकै उच्च, पब्लिक शेयरको मूल्य १३६ गुणाले बढ्यो



काठमाडौ. । एनआईसी एशिया बैंक २४ वर्षमा प्रवेश गरेको छ । बैंकले २४ औं बार्षिकोत्सवका अवसरमा आफ्ना ग्राहक, नियमनकारी निकाय, शेयरधनी, कर्मचारी लगायत सबै सरोकारवालाई धन्यबकाद ब्यक्त गरेको छ । आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रयमाससम्म आईपुग्दा वासलातको आकार, कर्जा प्रवाह, निक्षेप, स्वपुँजीमा प्रतिफल, शाखा सञ्जाल तथा एटिएमको संख्या लगायतका अधिकांश प्रमुख वित्तीय एवं गैर वित्तीय परिसूचकहरूमा देशकै सर्वोत्कृष्ट बैंक बन्न सफल भएको बैंकले जनाएको छ ।

यस अवधिमा बैंक देशकै सबैभन्दा ठुलो सञ्जाल मार्फत ३ सय ५६ शाखा, ७० विस्तारित काउण्टर, ८१ शाखा रहित बैंकिङ्ग सेवा तथा ४ सय ७१ एटिएम मार्फत सेवा दिईरहेको छ । बैंकका अनुसार हाल २७ लाख ३६ हजार भन्दा बढी निक्षेप खाता र ९१ हजार भन्दा बढी कर्जा खाता गरी २८ लाख २७ हजार भन्दा बढी खातामार्फत गुणस्तरिय सेवा प्रदान गर्दै आएको छ ।

साथै २४ वर्षको अवधिमा आफ्नो शेयरधनी महानुभावहरुको Optimum Wealth Maximization गरी लगानीमा उच्चतम प्रतिफल प्रदान गर्न सफल भएको बैंकले जनाएको छ । सर्वसाधारण शेयरधनीको सुरुवाती एक कित्ता पब्लिक शेयरको मूल्य हाल रु. १३ हजार ६ सय ६२ हुन पुगेको छ, जुन सुरुवाती लगानी रकमको करिब १ सय ३६ गुणाको वृद्धि भएको बैंकले बताएको छ । बैंकले हालसम्म प्रत्यक्ष र अप्रत्यक्ष रु. १५ अर्ब ७३ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ ।

बैंकले आ.व. २०७७/७८ मा कर्जातर्फ ५२ प्रतिशत (रु. ८९ अर्ब ४१ करोड) तथा निक्षेपतर्फ ४२ प्रतिशत (रु. ८८ अर्ब ९६ करोड) वृद्धि गरेको छ । कर्जा तथा निक्षेप वृद्धिमा नेपालको बैंकिङ्ग इतिहासकै ऐतिहासिक र सर्वाधिक धेरै रहेको दावी गरेको छ । आ.व. २०७७/७८ मा समग्र बैंकिङ्ग क्षेत्र तर्फको कर्जा तथा स्वदेशी निक्षेपको वार्षिक वृद्धि रकमको क्रमशः १२.६६ प्रतिशत तथा १३.५८ प्रतिशत बजार हिस्सा रहेको छ ।

वार्षिकोत्सवको अवसमा बैंकले विद्युतीय भुक्तानीमा २४ प्रतिशतसम्मको क्यासब्याक योजना समेत ल्याएको छ । जस अन्तर्गत यस बैंकको डेबिट/क्रेडिट कार्ड प्रयोग गरी POS तथा e-Commerce मा भुक्तानी गर्दा तथा एन आई सी एशिया मोबैंक मार्फत QR स्क्यान गरी भुक्तानी गर्दा २४ प्रतिशत वा अधिकतम रू. ५०० सम्म क्यासब्याक योजना प्राप्त गर्न सकिने छ । वार्षिक उत्सवको अवसरमा श्रावण ७ गते कार्ड वा एनआईसी एशिया मोबैंकबाट कारोबार गर्ने पहिलो १ हजार ग्राहकहरूले यस सुविधा प्राप्त गर्न सक्नुहुनेछ ।

हाल Digital First को रणनीति अङ्गीकार गर्दै डिजिटल माध्यमलाई पहिलो प्राथमिकता दिई आफ्ना बैंकिङ्ग सेवा तथा सुविधाहरू प्रदान गर्दै आइरहेकोमा यसलाई थप विस्तारित बनाउँदै हामीले जुनसुकै स्थानबाट, जुनसुकै समयमा पनि बैंकिङ्ग सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले क्भाि Self Help तथाLife Style बैंकिङ्गको अवधारणा अङ्गीकार गर्ने रणनीति बैंकले लिएको छ । बैंकले डिजिटल पूर्वाधारहरूमा पर्याप्त लगानी गरी एक मूलभूत आधारशिला तयार गरिसकेकोले आ.व. २०७८/७९ मा ठोस डिजिटल रुपान्तरणको लक्ष्य लिई अघि बढेको छ ।


प्रतिक्रिया दिनुहोस्