महुली लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी, प्रविणता प्रमाणपत्र तह उतिर्ण गरेकाले पनि आवेदन दिन पाउने « Arthapath.com
८ श्रावण २०७८, शुक्रबार

महुली लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी, प्रविणता प्रमाणपत्र तह उतिर्ण गरेकाले पनि आवेदन दिन पाउने



काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले कर्मचारी मागेको छ । संस्थाले विभिन्न पदका लागी कर्मचारी मागेको हो । महुली लघुवित्त वित्तीय संस्थाले अग्नीसाईर कृष्णासवरण–६ महुली, सप्तरी राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको लघुवित्त वित्तीय संस्थामा ग्रामीण तथा हिमाल, पहाड र तराई क्षेत्रमा कार्य गर्न रुची राख्ने, विज्ञापन अनुसार योग्यता पुगेका नेपाली नागरिकहरुबाट दरखास्त आह्वान गरेको हो ।

संस्थाले सहायक प्रबन्धक, वरिष्ठ अधिकृत पदका लागी १ जना, अधिकृत र सहायक अधिकृतका लागी केही, बरिष्ठ सहायक पदका लागी केही र कनिष्ठ सहायक प्रशिक्षार्थी पदका लागी केही संख्यामा कर्मचारी मागेको हो ।

ईच्छुक योग्यता पुगेका नेपाली नागरिकले साउन २२ गतेभित्र आवेदन दिनसक्नेछन् । संस्थाका अनुसार दुई पाँग्रे सवारी साधनको लाइसेन्स भएकालाई प्राथमिकता दिईनेछ ।


प्रतिक्रिया दिनुहोस्