टिभिएस एनटर्क रेस एडिसन बजारमा उपलब्ध हुँदै « Arthapath.com
८ श्रावण २०७८, शुक्रबार

टिभिएस एनटर्क रेस एडिसन बजारमा उपलब्ध हुँदै



काठमाडौं । टिभिएस एनटर्क १२५ स्कूटर, टिभिएस मोटर कम्पनीद्वारा निर्मित रहेको छ । फेब्रुअरी २०१८ नेपालमा लन्च गरिएको टिभिएस एनटर्क १२५ को स्कूटरले बजारमा ब्लुटुथ जडित पूर्ण डिजिटल स्पीडोमीटर (नेभिगेसन एसिस्ट्यान्ट, कलर आईडी, स्पीड रेकर्डर, इन–बिल्ट ल्याप–टाइमर र सर्भिस रिमाइन्डरको साथ) इन्जिन किल स्विच, स्टील्थ इन्स्पायर्ड स्टाइलिंग आदि जस्ता सबैभन्दा पहिले दाबी गर्दछ ।

सन् २०१८ मा, टिभीएस एनटर्क १२५लाई नेपालमा पहिलो ब्लुटुथ जडित स्मार्ट स्कूटरको रूपमा सुरू गरिएको थियो र यो नेपालको पहिलो स्मार्ट स्पोर्टी स्कूटरको रूपमा स्थापित गर्न सक्षम भएको छ। केहि वर्षदेखि, ब्रान्ड उद्योगको पहिलो प्रविधि, बेजोड शैली, र चयन अन्तर्राष्ट्रिय बजारहरूमा उत्कृष्ट प्रदर्शनको पर्यायवाचीमा योे स्थापित भएको छ। एक वर्ष पछि, सन् २०१९ मा यो नेपालको सबै भन्दा छिटो बृद्धि गर्ने स्कूटरको रुपमा परिचित हुन सफल भएको छ । सन् २०२० मा एनटर्क १२५ रेस एडिसन आफ्नो १२५–सीसीको श्रेणीमा नेपाली बजारमा सबैभन्दा बढी बिक्रि हुने प्रीमियम स्कूटरको रुपमा स्थापित भएको छ ।

टिभिएसको कस्टोमर डिमान्डको सोल अथोराइज्ड डिस्ट्रिब्युटरको रुपमा, जगदम्बा मोटर्स प्राइभेट लिमिटेडले टिभिएस एनटर्क रेस एडिसनलाई “Best in class: Pick-up, Power, Performance, Better than FI” नाराको साथ नेपाली बजारमा भर्चुअल लन्च द्वारा जगदम्बा मोटर्सको अफिसिएल फेसबुक पेजबाट २५ जुलाई २०२१ को साँझ ५ बजेबाट लन्च गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्