नेपाल क्रिकेट संघले आयोजना गर्ने सम्पुर्ण खेलहरु एक्सन स्पोर्टस्ले प्रसारण गर्ने « Arthapath.com
८ श्रावण २०७८, शुक्रबार

नेपाल क्रिकेट संघले आयोजना गर्ने सम्पुर्ण खेलहरु एक्सन स्पोर्टस्ले प्रसारण गर्ने



काठमाडौं । नेपाल क्रिकेट संघ र डिश मिडिया नेटवर्क लिमिटेडबी घरेलु क्रिकेट प्रतियोगिता उत्पादन तथा प्रसारण गर्ने सम्झौता भएको छ ।

शुक्रबार डिश मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदिप आचार्य र क्यानका कोषाध्यक्ष रोशन कुमार सिंहबीच सम्झौतामा हस्ताक्षर भएको हो ।

यहि सम्झौता अन्तर्गत नेपाल क्रिकेट संघले आयोजना गरेको पि.एम कप तथा मेयरर्स कपका महिला÷पुरुष गरि ४ प्रतियोगिता डिशहोमको एक्सन स्पोर्टस् च्यानलले प्रत्यक्ष प्रसारण गरिसकेको छ ।

आगामी दिनमा नेपाल क्रिकेट संघद्धारा आयोजना हुने सम्पूर्ण प्रतियोगिताहरु डिशहोमको एक्सन स्पोर्टस्मा प्रत्यक्ष प्रशारण हुनेछन् ।

क्यानका कोषाध्यक्ष रोशन कुमार सिंहले यस सम्झौतापछि क्रिकेट प्रेमी नेपाली दर्शकहरुले सजिलै नेपाली क्रिकेट प्रत्यक्ष हेर्न सक्ने र यसले क्रिकेटको लोकप्रियतालाई थप उचाईमा पुर्याउने बताउनुभएको छ ।


प्रतिक्रिया दिनुहोस्