सार्वजनिक सवारीले रुट पर्मिट नविकरण गराउन साउन मसान्तसम्मको समय « Arthapath.com
८ श्रावण २०७८, शुक्रबार

सार्वजनिक सवारीले रुट पर्मिट नविकरण गराउन साउन मसान्तसम्मको समय



काठमाडौं । सरकारले सार्वजनिक सवारी साधनको रुट पर्मिट नविकरण गर्न र सवारी साधनको जाँचपास तथा प्रदूषण जाँचपास गर्न साउन मसान्तसम्मको समय दिएको छ । भोलि शनिबारबाट सरकारले लामो दूरीका सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ । यससँगै सवारी जाँचपास र रुट पर्मिटको पनि नविकरण गराउन म्याद थपेको हो ।


कोरोना भाइरस महामारीका कारण गएको १६ वैशाखदेखि सार्वजनिक सवारी साधन सञ्चालन हुन सकेका थिएनन् । विभिन्न जिल्ला प्रशासन कार्यालयले लागू गरेको भिन्दाभिन्दै निषेधाज्ञाका कारण सवारी साधन बन्द रहेका थिए । यही कारण सवारी साधनको रुट पर्मिट नविकरण र जाँचपासका काम पनि रोकिएका थिए ।


प्रतिक्रिया दिनुहोस्