सनराइज बैंकको शाखारहित बैंकिङ्ग र एटिएम सेवा बिस्तार « Arthapath.com
११ श्रावण २०७८, सोमबार

सनराइज बैंकको शाखारहित बैंकिङ्ग र एटिएम सेवा बिस्तार



काठमाडौं । सनराइज बैंक लिमिटेडले बारा जिल्लाको बारागढी गाउँपालिका २ बिसुनपुर्वा, बारामा शाखारहित बैंकिङ्ग सेवा र कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका ६ बर्मेलीटोलमा स्थित सशस्त्र प्रहरी बल, नेपाल नं. २८ गण हेक्वामा एटिएम सेवाको सुरुवात गरेको छ ।

शनिबार आयोजित छुटा–छुटै कार्यक्रमका शाखारहित बैंकिङ्ग सेवा समुद्घाटन कार्यक्रमको प्रमुख आतिथिमा बारागढी गाउँपालिका २ बिसुनपुर्वाका अध्यक्ष कृष्ण चौधरी, सनराइज बैंक निजगढ शाखाका शाखा प्रबन्धक प्रद्युम्न आचार्यको सभा अध्यक्षता र इलाका प्रहरी कार्यालय बारागढी गा.पा.को प्रमुख उमा शंकर गुप्ताको विशेष आतिथ्यता तथा बैंकका अन्य कर्मचारीहरुको उपस्थितिमा सम्पन्न भएको थियो ।

साथै एटिएम सेवा समुद्घाटन कार्यक्रम सन्राइज बैंकका लुम्बिनी प्रदेशका प्रदेश प्रमुख सुनिल मण्डलको प्रमुख आतिथ्यता, सशस्त्र प्रहरी बल, नेपाल नं. २८ गण, गणपति सशस्त्र प्रहरी उपरीक्षक धुब्र बहादुर कार्कीको अध्यक्षता र कपिलवस्तु नगरपालिका ६ का वडा अध्यक्ष राम दिनेश यादवको आतिथ्यतामा सम्पन्न भएको थियो । सो अवसरमा एटिएम सेवाको माध्यमबाट भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत एटिएम सेवा अन्तर्गत ए.टि.एम कार्ड र बिना एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नं. २८ गणका प्रहरी कर्मचारीहरु र स्थानिय जनसमुदायलाई लक्षित गरी बैंकिङ्ग पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ ।

बैंकले उदयपुर जिल्लाको त्रियुगा नगरपालिका ७, चुहाडे, उदयपुरमा आफ्नो ७८ औं शाखारहित बैंकिङ्ग सेवाको साउन गते २ शनिबार सुुरुवात गरेको थियो । हालसम्म सनराइज बैंकले १३९ वटा शाखा, ७९ वटा शाखारहित बैंकिङ्ग सेवा, १२ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा एटिएम मार्फत आफ्ना ७ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्